सुनको मूल्यमा नयाँ कीर्तिमान, आज कति पुग्यो तोलाको ?

सुनको मूल्य हालसम्मकै महँगो भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्यमा उच्च वृद्धि भई कीर्तिमान कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।

शुक्रबार प्रतितोला रु चार हजारले वृद्धि भई छापावाला सुन आजका लागि एक लाख ७४ हजार पाँच सय निर्धारण भएको छ । बुधबारको तुलनामा आज सुन प्रतितोला रु चार हजारले वृद्धि भएको हो । बुधबार छापावाल सुनको मूल्य एक लाख ७० हजार पाँच सय रुपैयाँ पुगेको थियो ।

यस्तै चाँदीको मूल्य तोलामा रु ५० ले बढेको छ । बुधबार प्रतितोला रु दुई हजारमा कारोबार भएको चाँदी आजका लागि रु दुई हजार ५० निर्धारण भएको छ ।

सम्बन्धित समाचार