नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ चैत ।
सुनको मूल्य हालसम्मकै महँगो भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्यमा उच्च वृद्धि भई कीर्तिमान कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।
मंगलबार प्रतितोला रु एक हजार एक सयले वृद्धि भई छापावाला सुन आजका लागि एक लाख ७५ हजार दुई सय निर्धारण भएको छ । सोमबारको तुलनामा आज सुन प्रतितोला रु एक हजार एक सयले वृद्धि भएको हो । सोमबार छापावाल सुनको मूल्य एक लाख ७४ हजार एक सय रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्य तोलामा रु १० ले बढेको छ । सोमबार प्रतितोला रु दुई हजार ४० मा कारोबार भएको चाँदी आजका लागि रु दुई हजार ५० निर्धारण भएको छ ।