नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ चैत ।
मृत अवस्थामा देशका विभिन्न स्थानबाट पाँच जना फेला परेका छन् । कैलाली, घोडाघोडी नगरपालिका-१० स्थित तुलसीपुर सामुदायिक वनको रतिपुर जाने बाटो नजिक जङ्गलमा सोही नगरपालिका-९ रतिपुर बस्ने ७० वर्षीय नौले बुढा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै चितवन, भरतपुर महानगरपालिका-१ देवघाटस्थित हनुमान मन्दिर नजिकै चौतारीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी चितवन, भरतपुर महानगरपालिका-२७ स्यालवासस्थित नारायणी नदीको टापुमा सोही महानगरपालिका-२७ बलुवाघाट बस्ने ५२ वर्षीय धन बहादुर थनेत मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै काभ्रे, भुम्लु गाउँपालिका-१० सुनकोशी नदीमा पाँचखाल नगरपालिका-९ नागबेली बस्ने ७३ वर्षीय कविराज मैनाली मंगलबार मृत अवस्थामा फेला परेका छन् । उता दार्चुला, नौगाड गाउँपालिका-२ सुण्डमुण्ड बस्ने ५५ वर्षीय नर बहादुर ठगुन्ना घर नजिकै भैँसी मेला भिरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।