नवकान्तिपुर संवाददाता
काठमाडौं, १० चैत ।


अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज प्रतितोला सुनमा रु नौ सयले घटेको हो ।
शुक्रबार प्रतितोला सुन रु एक लाख ७५ हजारमा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज घटेर प्रतितोला रु एक लाख ७४ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि रु १५ ले घट्दै एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रति तोला एक हजार ९९५ रुपैयाँ रहेको थियो ।

