२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा अछाम, रामारोशन गाउँपालिका-५ बस्ने ५१ वर्षीय चेतमान रोकायालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

रोकायाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट चौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार