नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ चैत ।


मकवानपुर, मकवानपुरगढी गाउँपालिका-५ सिमलटार बस्ने ५५ वर्षीय भुमि नन्द तिमल्सिनाको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको हेटौंडा अस्पताल मकवानपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

