बुढानिलकण्ठको एक घरबाट ७० हजार रूपैयाँ र करिब साढे १४ तोला बराबरको गरगहना चोरी

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-२ माथिल्लो भंगाल लामिछाने टोल बस्ने भरत राज श्रेष्ठको घरबाट नगद ७० हजार रूपैयाँ र करिब साढे १४ तोला बराबरको सुनका विभिन्न गरगहना समेत गरी करिब २६ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार