नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ वैशाख ।


सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार प्रतितोला रु एक लाख ८७ हजार चार सयमा कारोबार भएको सुन आज तोलामा रु तीन हजार छ सयले बढेर रु एक लाख ९० हजार छ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी, चाँदीको मूल्य पनि ५५ रुपैयाँ बढ्दै प्रतितोला रु एक हजार ९६० हजार छ सय निर्धारण भएको छ । सोही परिमााण्को चाँदी बुधबार एक हजार ९५५ मूल्यमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।
निरन्तर अमेरिकी डलरको मूल्य वृद्धि, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन उकालो लागिरहेको छ ।

