कोहारको कोठाबाट नगद र गरगहना चोरी

कपिलवस्तुको कपिलवस्तु नगरपालिका-१ आनन्दबाग डेरा गरी बस्ने सोही नगरपालिका-३ भिक्षुचोक घर भएका २८ वर्षीय धनपथ कोहारको कोठाबाट नगद र सुनका विभिन्न गरगहना गरी करिब २ लाख ५५ हजार रूपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार