नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ वैशाख ।


अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज प्रतितोला सुनमा रु आठ सयले घटेको हो ।
बिहीबार प्रतितोला सुन रु एक लाख ९० हजार छ सयमा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज घटेर प्रतितोला रु एक लाख ८९ हजार आठ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यता आज चाँदीको मूल्य भने स्थिर रहँदै बिहीबारको मूल्य अनुसार नै कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रति तोला एक हजार ९६० रुपैयाँ रहेको थियो ।

