बाँके र कपिलवस्तुबाट विभिन्न धनमाल चोरी

बाँके र कपिलवस्तुबाट विभिन्न धनमाल चोरी भएको छ । बाँके, नेपालगंज उपमहानगरपालिका-४ बस्ने ३२ वर्षीय विवेक रोकायको घरबाट सुनका विभिन्न गरगहना, नगद तथा जिन्सी सामान समेत गरी करिब ८ लाख ९८ हजार ६ सय ७८ रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ ।

त्यस्तै कपिलवस्तु, मायादेवी गाउँपालिका-६ डुमरा बस्ने ३६ वर्षीय जटाशंकर पाण्डेको घरबाट सुनका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ३९ लाख ८६ हजार ९ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार