मृत अवस्थामा चार जना फेला

मृत अवस्थामा देशका विभिन्न स्थानबाट चार जना फेला परेका छन् । स्याङ्जा, भीरकोट नगरपालिका-१ हेलु बस्ने ६० वर्षीय तेज बहादुर भाट क्षेत्री सोही ठाउँस्थित आँधिखोलाको किनारमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै पाल्पा, तिनाउ गाउँपालिका-३ शिसुवाको भिरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६१ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस्तै संखुवासभा, मकालु गाउँपालिका-५ भलपानीस्थित बाटोको छेउमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६५ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

उता रूपन्देही, बुटवल उपमहानगरपालिका-११ प्रगतिनगर बस्ने मान बहादुर रानाको छोरा १० वर्षीय दिपसन राना सोही ठाउँस्थित निनाहु खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार