मृत अवस्थामा चार जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-८ पशुपति आर्यघाट नजिकै सत्तल पेटिमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै खोटाङ, ऐसेलुखर्क गाउँपालिका-१ वादस्कु बस्ने ४५ वर्षीय यादवराज राई सोही गाउँपालिका राखाबाङदेलस्थित सडकमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस्तै चितवन, कालिका नगरपालिका-५ भिमउली सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६२ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

उता धनुषा, जनकपुरधाम उपमहानगरपालिका-२३ जिरोमाईलस्थित बसपार्कको मेन गेट अगाडि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार