संगिताको घरबाट विभिन्न धनमाल चोरी

काठमाडौं, नागार्जुन नगरपालिका-६ पुरानो ट्याम्पोपार्क नजिकै डेरा गरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-३ घर भएकी २७ वर्षीया संगिता मुढवारीको कोठाबाट सुनको सिक्री १ थान, तिलहरी १ थान र नगद समेत गरी करिब १ लाख २८ हजार ९ सय ५० रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार