१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ, ग्रामथान गाउँपालिका-१ बस्ने २० वर्षीय आबिद अलि (मिया) लाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अलिले ती बालिकालाई ललाई फकाई सोही गाउँपालिका-१ स्थित सिमरिया भन्ने स्थानमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हरैंचाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार