मृत अवस्थामा आठ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा आठ जना फेला परेका छन् । कैलाली, लम्कीचुहा नगरपालिका-३ चिसापानीस्थित कर्णाली नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै सल्यान, दार्मा गाउँपालिका-५ बाध्नेस्थित सडक छेउमा रूकुम पश्चिम त्रिवेणी गाउँपालिका-९ घर भएका ६० वर्षीय मान सिंह कसेरा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस्तै इलाम, चुलाचुली गाउँपालिका-२ हात्तिलेदा बस्ने ८४ वर्षीय रहिमान कुरुङफोङ सोही ठाउँस्थित मकै बारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

उता रौतहट, गरूडा नगरपालिका-८ स्थित चाँदी खोलामा वृन्दावन नगरपालिका-७ बस्ने सुरूज राय यादवको छोरा १४ वर्षीय कृष्ण प्रसाद यादव बिहीबार मृत अवस्थामा फेला परेका छन् । यता कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-१ पुर्णागिरी टोलस्थित मलरिया नालामा सोही ठाउँ बस्ने ३५ वर्षीय प्रेम सुनार बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी दार्चुला, लेकम गाउँपालिका-१ खेतालीस्थित चौलानी नदीमा बैतडी डिलासैनी गाउँपालिका-५ बस्ने ४५ वर्षीय श्याम सिंह साउद बुधबार मृत अवस्थामा फेला परेका छन् । यस्तै चितवन, भरतपुर महानगरपालिका-२६ सिसैस्थित नारायणी नदीको किनारमा नवलपरासी पूर्व गैँडाकोट नगरपालिका-५ बस्ने ४० वर्षीया सुकमाया बोटे बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी चितवन, भरतपुर महानगरपालिका-१ जलमापन केन्द्र नजिकै नारायणी नदीको किनारमा सोही महानगरपालिका -११ भोजाड बस्ने ४५ वर्षीय ओमराज मैनाली बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार