सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज प्रतितोला सुनमा रु एक हजार चार सयले घटेको हो ।

आइतबार प्रतितोला सुन रु एक लाख ८९ हजार सात सयमा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज घटेर प्रतितोला रु एक लाख ८८ हजार तीन सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि आइतबारको मूल्य भन्दा २० रुपैयाँ घट्दै एक हजर ९७० मा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रति तोला एक हजार ९९० रुपैयाँ रहेको थियो । अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ३०० अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सम्बन्धित समाचार