प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको शपथ

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पद तथा गोपनीयताको शपथ लिनुुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटरमा आइतबार आयोजित शपथ ग्रहणको कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको शपथ लिनुुभएको हो ।

त्यस अवसरमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीपरिषद्का सदस्य, सरकारका उच्चपदस्थ अधिकारीलगायत विशिष्ट व्यक्ति उपस्थित हुनुुहुुन्थ्यो । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिमा यही वैशाख १७ गते सांसद गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

सम्बन्धित समाचार