राष्ट्रपति पौडेल र अध्यक्ष दाहालबीच भेटवार्ता, के भयो कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

अध्यक्ष दाहालले शुक्रबार शीतलनिवासस्थित राष्ट्रपतिको कार्यालयमा पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुभएको दाहालको सचिवालयले जनाएको छ ।

भेटमा देशको वर्तमान राजनीतिलगायत समसामयिक विषयमा छलफल भएको सचिवलयको भनाइ छ ।

सम्बन्धित समाचार