स्वार्थ समूहसँग आफ्नो चिनजान नभएको प्रधानमन्त्रीको स्पष्टोक्ति

प्रधानमन्त्री केपी शर्मा ओलीले आसेपासे पुँजीवाद (स्वार्थ समूह) सँग आफ्नो चिनजान नरहेको स्पष्ट गर्नुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयबारे जवाफपछि थप स्पष्टीकरणको समयमा प्रधानमन्त्री ओलीले भन्नुभयो, “पुँजीवाद होइन, मानववाद र समाजवाद ल्याउने हो । अहिलेको सरकारले पुँजीवादलाई प्रश्रय दिँदैन । पैसाले होइन, हाम्रा लागि मान्छे महत्वपूर्ण हो ।”

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नै नयाँ ढङ्गले मल कारखाना स्थापना बताउनुुभएको छ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले देशमा मल कारखाना आवश्यक छ भन्नेमा सरकार स्पष्ट रहेकाले नयाँ ढङ्गले कारखाना खोलिने बताउनुुभएको हो ।

उहाँले नयाँ विधिबाट फोहरमैला व्यवस्थापनको कुरा सोचिरहेको जानकारी पनि दिनुभयो । प्रधानमन्त्री ओलीले सम्पत्ति शुद्धीकरणका सम्बन्धमा अन्तरराष्ट्रिय रुपमा नेपाल ‘ग्रे लिष्ट’मा पर्नुु अघिल्लो सरकारको कमजोरी भएको स्पष्ट गर्नुभयो ।

सम्बन्धित समाचार