नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० वैशाख ।


देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । सर्लाहीको बागमती नगरपालिका-१२ कर्मैयास्थित भरत तालमा सोही नगरपालिका- ७ राजघाट बस्ने ६७ वर्षीय पाले सार्की सोमबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै गुल्मी, छत्रकोट गाउँपालिका-१ बोटेगाउँ रेग्दी छहरास्थित बडिगार्ड खोला छेउमा सोही गाउँपालिका-२ दाईछाप बुटिलगाउँ बस्ने ४५ वर्षीय ज्ञान बहादुर राकस मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस्तै रौतहट, बौधीमाई नगरपालिका-५ स्थित नासी पुलमुनी परोहा नगरपालिका-६ बसन्त पट्टी बस्ने ७० वर्षीय महादेव महतो सोमबार मृत अवस्थामा फेला परेका छन् ।
उता ताप्लेजुङ, मेरिङदेन गाउँपालिका-२ पौवास्थित मैवाखोलाको किनारामा मैवाखोला गाउँपालिका-१ बैरिया टोल बस्ने ३५ वर्षीय मनोज लिम्बु सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

