जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

दाङको तुलसीपुर उपमहानगरपालिका-५ न्यूरोड बस्ने सल्यान कपुरकोट गाउँपालिका-४ घर भएका ४६ वर्षीय मिन बहादुर घर्तीको घरमा जुवातास खेलिरहेको अवस्थामा मिन बहादुर समेत ९ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४६ हजार ६ सय ४५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार