

हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-४ पलाती घर भएका २४ वर्षीय सञ्जय बस्नेतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२४ जुद्धशालिकबाट नगद २० लाख २९ हजार ६ सय २० रूपैयाँ, मोबाइल १ थान र विभिन्न बैंकको चेक ३० थान सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

