बसले किच्दा चार वर्षीया बालिकाको मृत्यु

गोरखाको गोरखा नगरपालिका-४ फिनाम चोकमा गोरखाबाट आरूघाटतर्फ जाँदै गरेको ग.२ ख ९२९ नम्बरको बसले किचेर सोही ठाउँ बस्ने बिनिता सुर्खेतीकी छोरी ४ वर्षीया सबिना सुर्खेतीको बुधबार दिउसो मृत्यु भएको छ ।

बसबाट ओर्लने क्रममा सोही बसले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो । साथै बसले किचेर घाइते भएकी बिनितालाई थप उपचारको
लागि बिएण्डबी अस्पताल ललितपुर रिफर गरिएको छ ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार