सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । बारा, निजगढ नगरपालिका-९ लच्कास्थित सडकमा बा.प्र ०३-००४ प ६३५२ नम्बरको मोटरसाइकललाई बा.प्र ०१-००६ ख ७७०१ नम्बरको बसले बिहीबार राति ठक्कर दिँदा मोटरसाइकल चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ टेन्जिङग टोल बस्ने ४० वर्षीय दिपक प्रसाद नेपालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कलैया प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै धनुषा, नगराईन नगरपालिका-४ फुलगामास्थित सडकमा मधेश प्रदेश २-००६ प ३७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक कमला नगरपालिका-३ माची बस्ने २८ वर्षीय रामजिवन यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै सर्लाही, मलंगवा नगरपालिका-८ कुशुम पार्टी प्यालेस अगाडि सडकमा गोरखकालीबाट मलंगवातर्फ आउँदै गरेको बीआर ०६ एई ९६६८ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-३ बस्ने ७० वर्षीया हसिना खातुनको बिहीबार दिउसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता चितवन, खैरहनी नगरपालिका-२ ज्यामिरेचोकमा बागमती प्रदेश ०१-००६ ख ७०२३ नम्बरको बस र बागमती प्रदेश ०१-०३० च ११५७ नम्बरको कार एकआपसमा ठक्कर खाई गए राति दुर्घटना हुँदा कार चालक सोही नगरपालिका-८ बस्ने ४२ वर्षीय प्रदिप तिमल्सिनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडीकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता तेह्रथुम, आठराई गाउँपालिका-३ हवाकुस्थित पन्चमी टोलमा ठुटेवरबाट लुम्बुनी पुलतर्फ जाँदै गरेको ना.७ त ६३४९ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालक बारा अमलिस गन्ज बस्ने ३२ वर्षीय किशान परियारको मृत्यु भएको छ ।

बिहीबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको गणेशमान सिंह अस्पताल पाँचथरमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार