स्रोत नखुलेको रकम सहित पक्राउ

कपिलवस्तुको कृष्णनगर नगरपालिका-३ बाट स्रोत नखुलेको भारतीय ५ लाख रूपैयाँ सहित ओखलढुङ्गा चम्पादेवी गाउँपालिका- १० बस्ने ४३ वर्षीय राम कुमार तोलाङीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार