नवकान्तिपुर संवाददाता
काठमाडौं, १० जेठ ।


बाराको आदर्श कोतवाल गाउँपालिका-१ चिउटाहास्थित माईती घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर भारत अमुवा बस्ने २४ वर्षीया बसन्ती देवीको शुक्रबार साँझ मृत्यु भएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

