नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ जेठ ।


१६ र १७ वर्षीया बालिकाहरूलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा संखुवासभा चिचिला गाउँपालिका-२ बस्ने ३५ वर्षीय तुफान राई र सोही गाउँपालिका-३ बस्ने २८ वर्षीय प्रकाश राई रहेका छन् । उनीहरूले ती बालिकाहरूलाई बुधबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरूलाई खाँदबारी नगरपालिका-१ बाट पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालत संखुवासभाबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

