नेपाल र हङकङबीचको मैत्रीपूर्ण फुटबल खेल बराबरी

नेपाल र हङकङबीचको अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ ।

हङकङको राष्ट्रिय रङ्गशालामा आज सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । खेलको दोस्रो हाफको अतिरिक्त समयमा नेपाल १० खेलाडीमा सीमित भएको थियो ।



नेपालका मणि लामाले दुईवटा पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिएका थिए । एएफसी एसियन कप छनोटको खेल खेल्नुअघि नेपाल र हङकङले आज मैत्रीपूर्ण खेल खेलेका हुन् ।

सम्बन्धित समाचार