नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ जेठ ।


अमेरिकाको भर्जिनियामा एकै परिवारका चार नेपाली गोली लागेको अवाथामा मृत फेला परेका छन् । भर्जिनिया राज्यको मनासस पार्कमा बसोबास गरिरहेका चारजना गोली लागेको अवस्थामा फेला परेका हुन् ।
स्थानीय समयअनुसार बिहीबार राति १०:४० बजे घरधनीले लामो समयसम्म भाडामा बस्ने परिवारको कुनै खबर नपाएपछि उनीहरूको अवस्था बुझिदिन प्रहरीलाई अनुरोध गरेका थिए । प्रहरी घटनास्थल पुग्दा चारै जनालाई मृत अवस्थामा फेला पारेको थियो ।
घटनामा परी मृत्यु हुनेमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अञ्जु श्रेष्ठ, उनीहरूका दुई सन्तान, एक ८ वर्षीया बालिका र एक २ वर्षीय बालक रहेका छन् । प्रहरीले घटनास्थलमा एउटा बन्दूक पनि फेला परेको जनाएको छ ।
म्यानासस पार्क प्रहरीलाई बिहीबार राति करिब १०ः४० बजे लानाए लेनको ९४०० ब्लकमा रहेको तलको अपार्टमेन्टमा बोलाइएको थियो । चारै जनाको शवलाई पोष्टमार्टम तथा थप अनुसन्धानका लागि मेडिकल एक्जामिनरको कार्यालयमा पठाइएको छ ।
