१५ र १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

मोरङ र बाँकेबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ, सुन्दरहरैँचा नगरपालिका-४ बस्ने ५७ वर्षीय अशोक कुमार धामी थारूलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अशोकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके, अछाम तुर्माखाँद गाउँपालिका-१ रहफ बस्ने २० वर्षीय मनबिर शाहीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

मनबिरले ती बालिकालाई कोहलपुर नगरपालिका-११ चौराहास्थित जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रहफ अछामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार