नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० जेठ ।


जिल्ला अदालत काठमाडौँले आपराधिक उपद्रवको आरोपमा दुर्गा प्रसाईँसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
न्यायाधीश ध्रुबराज कार्कीको इजलासले बिहीबार राति गत चैत १५ गते तीनकुनेमा भएको घटनाका सन्दर्भमा प्रसाईँसहित सात जनालाई थुनामा पठाउने आदेश दिएको हो । अदालतले प्रसाईंसहित सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, शुसिल बराल, केशव बस्नेत र जित बहादुर श्रेष्ठलाई थुनामा पठाउन आदेश गरेको छ ।
अदालतले सोही घटनामा संलग्न ३२ जनालाई रु १० हजारदेखि रु एक लाखसम्म धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको छ । धरौटीमा रिहा हुनेहरुमा हरिहर चौलागाईंलाई १ लाख, सन्तोष राजावादी भनेर चिनिने सन्तोष कुमार सिलवाललाई १ लाख र हेमराज थारु ‘भिम’लाई १ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश गरेको छ ।
त्यतै अदालतले गोपाल मल्ल ठकुरीलाई २० हजार, पशुपति खड्कालाई १० हजार, विष्णु पराजुलीलाई १० हजार, पुष्कर खतिवडालाई २० हजार, मुनेन्द्र राजभण्डारीलाई १० हजार, कुमार बस्नेतलाई २० हजार, अनिल कुमार थापालाई १० हजार, तारानाथ बोहरालाई १० हजार, दान बहादुर न्यौपानेलाई १० हजार र उमेश तामाङलाई १० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ ।
यस्तै मेश राईलाई २० हजार, दिवश बोगटी क्षेत्रीलाई १० हजार, दिलकुमार श्रेष्ठलाई १० हजार, कमलकुमार विष्टलाई २० हजार, लोकबहादुर बस्नेतलाई २० हजार र दिनेश खड्कालाई ५० हजार धरौटीमा छाड्न अदालतले आदेश गरिएको छ ।
यसैगरी अमित शाहलाई ५० हजार, सुमन कार्कीलाई १० हजार, जितबहादुर श्रेष्ठलाई ५० हजार र मनोज कुमार सापकोटालाई १० हजार धरौटी धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

