नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ असार ।


१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मनाङको नासो गाउँपालिका- ९ दानाक्यूस्थित सिनो हाईड्रोपावरमा काम गर्ने लमजुङ मर्स्याङदी गाउँपालिका-३ टुनिखर्क घर भएका ३१ वर्षीय डुल बहादुर गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
गुरूङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मनाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

