नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ असार ।


५८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-२ कोलडाँडा बस्ने ५० वर्षीय राम चन्द्र सुनारलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
राम चन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

