जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१६ गौरीटार रंगाशाला बस्ने दामोदर चौलागाईंको गोठमा जुवातास खेलिरहेको अवस्थामा दामोदर समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार ३ सय ९० रूपैयाँ, ३ सय ६० पत्ता तास सहित पक्राउ गरेको हो ।

साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.प्र.०३-००५ प २८२० र प्र.३-०३-००१ प ५८९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार