चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

चेक अनादर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-३ इमाडोल बस्ने मोरङ लेटाङ नगरपालिका-९ घर भएकी ५५ वर्षीया असारी लिम्बुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त मुद्दामा फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-११ थापाथलीबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

सम्बन्धित समाचार