१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ, तुलसीपुर उपमहानगरपलिका-१४ बस्ने ३८ वर्षीय चन्द्र मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार