निरौलको घरबाट नगद र गरगहना चोरी

काठमाडौंको बुढानिलकण्ठबाट विभिन्न धनमाल चोरी भएको छ ।

बुढानिलकण्ठ नगरपालिका-८ भंगाल सुन्दरबस्ती बस्ने तुलसा निरौलको घरबाट सुनका गरगहना र नगद समेत गरी करिब ५ लाख ७३ हजार रूपैयाँ बराबरको धनमाल शनिबार चोरी भएको हो।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार