कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रौतहटको इशनाथ नगरपालिका-७ घिउरा टोल बस्ने फैयाद मियाँ मन्सुरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

इशनाथ नगरपालिका-४ मठिया टोलस्थित गहुँ खेतमा फैयाद मियाँकी श्रीमती २० वर्षीया चाँदनी खातुन २०७८ माघ २६ गते मृत अवस्थामा फेला परेको घटनामा संलग्न रही फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत रौतहटबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार