जुवातास खलिरहेको अवस्थामा नौ जना पक्राउ

कास्कीको पोखरा महानगरपालिका-२७ डाँडाको नाक डेरा गरी बस्ने दाङ घर भएका ६३ वर्षीय अमित कुमार चौधरीको कोठामा जुवातास खेलिरहेको अवस्थामा अमित समेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६५ हजार ३ सय ७० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार