नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ असार ।


देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । रूकुम पश्चिम, बाँफिकोट गाउँपालिका-५ बडगाउँस्थित सडकमा खंलगाबाट बाँफिकोटतर्फ आउँदै गरेको रा.१ ज ८२० नम्बरको जिपले किचेर सोही ठाउँ बस्ने शंकर पुनको छोरा ३ वर्षीय सिबाङ पुनको सोमबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।
जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै रूकुम पूर्व, सिस्ने गाउँपालिका-३ तातोपानीस्थित सडकमा धाउन्नेबाट पोखरातर्फ जाँदै गरेको रा.३ प ४५३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर सोमबार साँझ दुर्घटना हुँदा चालक सोही गाउँपालिका-३ पोखरा बस्ने ४५ वर्षीय दल प्रसाद सुनारको घटनास्थलमै मृत्यु भएको छ ।
यस्तै मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित सडकमा युपि ६१ एटि ६१ एटि ०९६२ नम्बरको ट्रक गए राति दुर्घटना हुँदा चालक भारत गाजिपुर पुरैनिया बस्ने ४५ वर्षीय महेन्द्र यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचरको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सहचालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

