डुबेर दुई जनाको मृत्यु

देशका विभिन्न स्थानमा डुबेर दुई जनाको मृत्यु भएको छ । कास्की, पोखरा महानगरपालिका-१८ खपौदीस्थित फेवातालमा डुबेर गोरखा लक्ष्मीबजार घर भएका १६ वर्षीय सुशान पुडासैनीको मंगलबार दिउँसो मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको गण्डकी मेडिकल कलेजमा उपचार क्रममा मृत्यु भएको हो । त्यस्तै सुनसरी, बराहक्षेत्र नगरपालिका-२ तेह्रआर्डीस्थित पटनाली खोलामा डुबेर सोही नगरपालिका-२ रेलवे लाईन डेरा गरी बस्ने धनकुटा पाख्रिबास नगरपालिका-६ घर भएकी १३ वर्षीया रूपा अधिकारीको मंगलबार दिउँसो मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार