पूर्वनिर्वाचन आयुक्त शर्माको निधन

पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण निधन भएको छ ।

उहाँको शनिबार साँझ नर्भिक अस्पतालमा निधन भएको पूर्वपत्रकार अमृता लम्सालले बताउनुभयो । उहाँको दाहसंस्कार भोलि(आइतबार) गरिनेछ ।

उहाँले लामो समयसम्म द राइजिङ नेपालमा काम गर्नुभएको थियो । उहाँका दुई छोरी छन् ।

सम्बन्धित समाचार