जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

तनहुँको म्याग्दे गाउँपालिका-५ साउनेपानी बस्ने ४० वर्षीय कमल रानाको कटेजमा जुवातास खेलिरहेको अवस्थामा कमल समेत छ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार २ सय ६० रूपैयाँ र तास ४ बुक सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार