मृत अवस्थामा आठ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा आठ जना फेला परेका छन् । रूपन्देहीको ओमसतिया गाउँपालिका-४ बस्ने आलमगिर अलिको छोरा १३ वर्षीय सैजाद अलि र इसमाइल अलिको छोरा १३ वर्षीय सजिम अलि सोही गाउँपालिका-४ गुजपुर्वास्थित रोहिणी खोलाको किनारमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै जाजरकोटको भेरी नगरपालिका-११ मटेला बस्ने ४४ वर्षीया बिमला विक आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । यस्तै झापाको दमक नगरपालिका-९ बस्ने सुमन धिमालको छोरा ११ वर्षीय रमन धिमाल सोही नगरपालिका-९ सानुअर्ना खाडीस्थित बेतेनी खोला र भुत्रे खोलाको दोभानमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

उता धनुषाको शहिदनगर नगरपालिका-७ ताराटोल बस्ने ४० वर्षीय जितन साह सोही ठाउँस्थित खेतमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ दोमिल्ला श्रिपुर बस्ने ६२ वर्षीय धवल राम सार्की सोही ठाउँस्थित खार खोलाको किनारमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यता भक्तपुरको भक्तपुर नगरपालिका-५ खसिबजार बस्ने ६८ वर्षीया कुल्सुम निसा आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । त्यसैगरी बर्दियाको बारबर्दिया नगरपालिका-१० कपास फारम कत्हवा टोल बस्ने ७३ वर्षीय तिन्का प्रसाद थारू सोही नगरपालिका-१० स्थित कुन्दर जंगलमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार