विद्या र नन्दकिशोरको क्रियाशीलताबारे यसो भने बाबुराम भट्टराईले

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको पुनको क्रमशः आफ्ना मातृ पार्टीहरू एमाले र माओवादी केन्द्रमा औपचारिक आवद्धता र क्रियाशीलताले देशमा र सम्बन्धित पार्टीहरूभित्र बहस र विवाद सिर्जना हुनु हाम्रो शिशु संघीय लोकतान्त्रिक गणतन्त्रको स्वास्थ्य, मर्यादा र दिगोपनकालागि गम्भीर विषय भएको बताउनु भएको छ ।

शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै अध्यक्ष भट्टराईले यस्तो बताउनुभएको हो । अध्यक्ष भट्टराईले यो मुद्दा अब सम्बन्धित पार्टी र तीभित्रका गुट–उपगुटहरूको लाभहानी र चासोको विषय मात्र नरहेर देशको राष्ट्रिय हित, लोकतान्त्रिक गणतन्त्रको मर्म, शासकीय प्रणालीको चरित्र र नेपालका कम्युनिष्ट पार्टीहरूको वैचारिक–राजनीतिक प्रतिबद्धतासँग समेत जोडिएको सार्वजनिक महत्वको विषय बन्न पुगेको बताउनुभएको छ ।

त्यस्तै उहाँले हाम्रो संविधान र कानूनले पूर्व राष्ट्रपति र उपराष्ट्रपतिले कार्यकाल पूरा गरेपछि राजनीतिक दलमा लाग्न पाउने/नपाउने वा कुनै राजकीय पदमा बस्न हुने/नहुने भन्नेबारे केही नभनेकाले यो विषय कानूनी भन्दा पनि नैतिक, राजनीतिक र राष्ट्रिय हितको विषय भएको बताउनुभएको छ ।

उहाँले भर्खरै वंशाणुगत राजतन्त्रको अन्त्य गरेर लोकतान्त्रिक गणतन्त्रमा संवैधानिक राष्ट्रपतिको व्यवस्था गरेको मुलुकमा सुरु सुरुका राष्ट्रपतिहरू र उपराष्ट्रपतिहरूले कस्तो परम्परा कायम गर्छन् भन्ने कुराले दीर्घकालीन महत्त्व राख्ने समेत

उहाँले भर्खरै वंशानुगत राजतन्त्रको अन्त्य गरेर लोकतान्त्रिक गणतन्त्रको राष्ट्रप्रमुख वा सम्पूर्ण देश, जनता र दलहरूको अभिभावकको रूपमा निर्वाचित संवैधानिक राष्ट्रपतिको व्यवस्था गरेको मुलुकमा शुरूशुरूका राष्ट्रपतिहरू र उपराष्ट्रपतिहरूले कस्तो परम्परा कायम गर्छन् भन्ने कुराले दीर्घकालीन महत्व राख्ने बताउनुभएको छ ।

यस्तो छ भट्टराईको स्ट्याटस :

सम्बन्धित समाचार