प्रतिनिधिसभामा पानी जहाज विधेयकसर्वसम्मतिले स्वीकृत

प्रतिनिधिसभामा पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत भएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकबाट ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

प्रतिनिधिसभा नियमावली ७९ को नियम ११२ बमोजिम संशोधन पेस गर्न चाहने सदस्यहरूले सिंहदरबारस्थित प्रतिनिधिसभा, सङ्घीय संसद् सचिवालयमा संशोधन दिन सक्नुहुनेछ ।

सम्बन्धित समाचार