नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ साउन ।


अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य सामान्य बढेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आइतबारको तुलनामा आज एक तोला सुनको मूल्य रु एक सयले बढेको हो ।
चाँदी मूल्य पनि रु ५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९६ हजार ६०० कायम भएको छ । आइतबार सुनको मूल्य तोलामा एक लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
आज चाँदी भने प्रतितोला रु दुई हजार २५५ मा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य दुई हजार २५० मा कारोबार भएको महासंघले जनाएको छ ।
