मेडिकल व्यवसायी दुर्गा प्रसाईं दुई मुद्दामा २८ लाख धरौटी बुझाएर रिहा

पाटन उच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं डिल्लीबजार कारागारबाट रिहाइ भएका छन् । सोमबार सो अदालतले दुई वटा मुद्दामा प्रसाईंसँग रु २८ लाख धरौटी माग गरेको थियो ।

उच्च अदालतले प्रसाईंलाई तीनकुने घटनाका सम्बन्धमा रु तीन लाख र बैंकिङ कसुर मुद्दामा रु २५ लाख धरौटी माग गरेको थियो । अदालती प्रक्रिया पूरा भएपछि कारागारले सोमबार राति प्रसाईलाई रिहा गरेको हो ।

पाटन उच्च अदालतका न्यायाधीशद्वय टङ्कप्रसाद गुरुङ र डिल्लीराज श्रेष्ठको संयुक्त इजलाशले प्रसाईंसहित सुशील बराल, डण्डपाणि रेग्मी, तारा राजावादी भन्ने सरोज गौतमलाई धरौटी माग गरेको थियो ।



काठमाडौँ जिल्ला अदालतले यसअघि प्रसाईंलाई राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, बज्यान मार्ने उद्योग र आपराधिक उपद्रवमा थुनामा पठाउने आदेश दिएको थियो । सो आदेशविरुद्ध प्रसाईले उच्च अदालतमा निवेदन दिएका थिए । त्यस्तै, पाटन उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको संयुक्त इजलाशले पनि बैंकिङ कसुर मुद्दामा धरौटी माग गरेको थियो ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई  रिहा गर्न उच्च अदालत पाटनको आदेश, दुई मुद्दामा २८ लाख धरौटी माग

सम्बन्धित समाचार