नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ साउन ।


अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य सामान्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । मंगलबारको तुलनामा आज एक तोला सुनको मूल्य रु एक सयले घटेको हो ।
यता चाँदीको मूल्य पनि रु २५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९८ हजार ४०० कायम भएको छ । मंगलबार सुनको मूल्य तोलामा एक लाख ९८ हजार ४०० रुपैयाँ कायम भएको थियो ।
आज चाँदी भने प्रतितोला रु दुई हजार ३०५ मा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य दुई हजार २८० मा कारोबार भएको महासंघले जनाएको छ ।
